The best way out is always through.- Robert Frost

Hypothyroidism (हाइपोथाइरोडिजम्)

यो थाइरोइड हर्मोनको कमीको कारण देखिने समस्या हो विकासोन्मुख देशहरुका पहाडी इलाकामा प्रमुख कारणको रुपमा आइरनको कमीलाई मानिएको तर पनि हाइपोथाइरोडिजम् कुनै पनि संरचनागत वा कार्यगत खराबीको कारण थाइरोइड हर्मोनले आफ्नो काम गर्न नसकेको खन्डमा देखिने गर्छ यसलाई मिक्सोडेमा पनि भन्ने गरिन्छ शिशुको हकमा यसले क्रेटिनिजम् गराउंदछ भने बालबालिकाको हकमा जुभेनाइल हाइपोथाइरोडिजम् गराउंदछ विभिन्न कारणले यो समस्या उत्पन्न हुनसक्छ

  • खानामा आयोडिनको कमी हुनु,
  • Hashimoto’s Thyroditis (हासिमोतोज् थाइरोडाइटिस): यो एउटा रोग प्रतिरोधात्मक शक्तिको स्वयं ह्रास भै थाइरोइड ग्रन्थी ठूलो हुन जाने अवस्था हो
  • Subacute thyroiditis (सबएक्युट थाइरोडाइटिस्):
  • थाइरोइड ग्रन्थीको सूजन, थाइरोइड ग्रन्थीको सर्जरी गरी सम्पूर्ण वा केही भाग हटाउनाले तथा रेडियसनले उपचार गरेको भने
  • हाइपरथाइरोडिजम् (थाइरोइड हर्मोनको अत्यधिक मात्रा)को उपचार लामो समय सम्म गराउंदा

लक्षणहरुः वयस्क व्यक्तिहरुको हकमा लक्षणहरु विस्तारै देखा पर्दछ

  • अल्छी लाग्नु, कमजोरी तथा थकानको महसुस हुनु
  • छिटै विरामीले शरीरबाट पसिनाको कमी पनि महसुस गर्न थाल्दछ
  • अनुहार पनि भावविहिन देखिन थाल्छ
  • जाडो सहन नसक्नु,
  • स्वाद तथा वासना छुट्याउन नसक्नु,
  • हात तथा खुट्टाका औंलाहरु झम्झम् गर्नु,
  • शरीरको वजन बढ्दै जानु,
  • मांशपेशी तथा जोर्नीमा दुखाई,
  • अत्यधिक निन्द्रा लाग्नु,
  • सोच्ने शक्तिमा ह्रास
  • छाती दुख्ने, सास फेर्न गाह्रो हुने,
  • शरीर चिलाउने, रिंगट लाग्ने
  • महिलाको हकमा महिनावारीमा गडबडी हुनु जस्तै महिनावारी बन्द हुने, रगत बढी जाने,
  • यौन इच्छामा अत्यधिक कमी,
  • यसमा महिलाको गर्भ रहन गाह्रो हुन्छ तथा गर्भ रहे पनि तुहिने सम्भावना बढी हुन्छ
  • छाला चिसो, खस्रो सुख्खा देखिन्छ
  • कपाल पनि सुख्खा भई झर्ने विशेष गरी आंखी भौंको बाहिरी भागको रौं झर्ने,
  • कब्जियत हुनु, पेट फुल्नु
  • ओठ तथा जिब्रो मोटो देखिन्छ,
  • खुट्टा, आंखा तथा मुख सुन्निनु,
  • गर्भवती महिलाको पेटमा रहेको शिशुमा थाइरोइडको कमी भए शिशुको आइक्युमा पनि प्रभाव पर्नसक्छ
  • समयमै ध्यान नदिइएको अवस्थामा मुटु सम्बन्धी विविध रोगहरु जस्तै मुटुको धड्कन घट्नु, मुटुको बाहिरी भागमा पानी जम्मा हुनु (pericardial effusion)
  • शरीरका विभिन्न भाग सुन्निने तर थिच्दा तल नजाने लक्षण पनि यही रोगमा देखिन्छ
  • रोगले अत्यधिक गाजेको अवस्थामा मिक्सेडेमाटस म्याडनेस भनिने अवस्था देखिन सक्छ जसमा विरामीको मानसिक अवस्था अत्यन्त दयनीय हुन्छ भन कतिपय अवस्थामा शरीरको तापक्रममा अत्यधिक गडबडी आई मिक्सेडेमाटस कोमा भनिने अवस्था पनि आउन सक्छ जहां विरामी कोमामा जाने गर्दछ mexedema coma 4

उपचार पहिले    र    पछी

hypo thyroid 3

निदानः

यसको पहचानका लागि रगतमा थाइरोइडको (TSH, FT3 FT4) मात्रा नाप्नु अत्यावश्यक हुन जान्छ यसमा पनि विशेषतः टिएसएचको जांच गरिनु अत्यावश्यक हुन जान्छ टिएसएचको मात्रा बढेको टि हर्मोन घटेको अवस्थामा यो रोगको लागेको पक्का हुन्छ

उपचारः

यसको उपचार सरल, सुलभ तथा सहज यसलाई निर्मूल गर्न औषधिभन्दा पनि यसमा कमी भएको चीज बाहिरबाट दिएर पूरा गरिन्छ यसलाई thyroid replacement therapy भनिन्छ र थाइरोइड हार्मोनको प्रयोग आजीवन गर्नु पर्छ यसको मात्रा चिकित्सकले TSH तथा बिरामीको अवस्था हेरेर तय गर्छन् देखि हप्तामा रगतको जाँच गरेर औषधिको मात्रा तल माथि गरिन्छ एकपटक सन्तुलनमा आएपछि ६र६ महिनाको फरकमा फलोअप गर्नुपर्छ

तपाईं अहिले यहाँ हुनुहुन्छ : गृहपृष्ठ स्वास्थ सम्बन्धि जानकारी थाइरोइड Hypothyroidism ( हाइपोथाइरोडिजम् )