"Don't let life discourage you; everyone who got where he is had to begin where he was."- Richard L. Evans

Hyperthyroidism (हाईपरथाईरोइडिज्म)

थाइरोइड ग्रंथिद्वारा अत्याधिक मात्रमा थाइरोइड हार्मोन उत्पादन हुनाले यो हाईपरथाईरोइडिज्म हुन्छ यो प्रयोगशालामा परीक्षण गरेपछि थाहा हुन्छ धेरैजसो अवस्थामा TSH को मात्रा घटेको देखिन्छ जसका मुख्य कारणहरु:

  • Graves Diseases (ग्रेव्स रोग): यो एउटा रोग प्रतिरोधात्मक शक्तिको स्वयं ह्रास भै थाइरोइड ग्रन्थीबाट अत्याधिक मात्रमा थाइरोइड हार्मोन उत्पादन हुन्छ ग्रेव्स रोग २० देखि ४० वर्ष का युवतीहरुमा मुख्य रुप मा देखा परेपनि १२% युवा पनि यो रोगबाट गर्सित छन् यो रोग वंशानुगत भएको ले परिवारका अन्य सदस्यमा पनि देखा पर्छ TSH Receptor (रिसेप्तरको) एन्टीबडी रगतमा जांच गर्न सकिन्छ
  • विनाइन (नॉनकैन्सरस) थाइरोइड ट्यूमर: गिर्खा आफैं स्वचालित भएर अनियंत्रित ढंगले उत्पादन गर्छ
  • विषाक्त मल्टीनोडूलर गलगांड (गोईटर): थाइरोइड ग्रन्थी धेरै विनाइन (नॉनकैन्सरस) थाइरोइड ट्यूमरको कारण ले ग्रन्थी बढ्न गई थाइरोइड हार्मोन उत्पादन अत्याधिक मात्र बढ्न जान्छ

वच्चा जन्म पछी महिलालाई वा भाइरल संक्रमण पछी छोटो समय को लागि थाइरोइड ग्रंथि सुन्निन गई हाईपरथाईरोइडिज्म हुन सक्छ कुनै दुर्लभ परिस्थितिमा, थाइरोइड ग्रन्थीको बाहिर कुनै अन्य श्रोतबाट थाइरोइड हार्मोनको उत्पादन हुन पनि सक्छ जस्तै अंडाशयमा (ओवरी) विकसित हुने वाला स्ट्रूमा ओवरी नामक एक असामान्य ऊतक हुन्छ जसले गर्दा यस हर्मोन को उत्पादन अत्याधिक मात्र बढ्न जान्छ

लक्षण

  • वजन घट्दै जाने हुन्छ: प्राय धेरै भोक लाग्ने र खान धेरै खादा पनि
  • आत्तिने डराउने
  • चिटचिट पसिना आउने
  • निद्रा नपर्ने
  • भावनात्मक परिवर्तन
  • शरिर काम्ने
  • मुटुको ढुकढुकी पनि बढ्छ
  • पखाला लाग्ने
  • स्याँस्याँ हुने
  • हमेशा गर्मी वा गर्मी महसूस
  • मांशपेशी तथा जोर्नीमा दुखाई
  • कपाल झर्ने
  • पुरुषमा स्तन बढ्ने
  • महिलाको हकमा महिनावारीमा गडबडी हुनु जस्तै महिनावारी बन्द हुने
  • वृदा उमेरमा छाती दुख्ने तथा हृदयघात पनि हुन सक्छ

जब हाईपरथाईरोइडिज्म ग्रेव्स रोगको कारण ले गर्दा हुन्छ आँखा को पछाडीको मांशपेशी मा सुन्निन गई आँखा बाहिर पुलुक्क निस्कने गर्छ जसले गर्दा परेलाले आँखा छोप्न नसक्ने तथा आँखा बिझाउने समस्या हुनसक्छ जसलाई exophthalmos (एक्सोफ़थैलमोस, गोरुआखे) भनिन्छ

graves dis 5

graves dis 7

graves diseases 6

graves dis 8

उपचार:

यो के कारणले भएको हो पहिले त्यसको पहिचान गर्नुपर्छ उपचार पनि त्यसैमा भरपर्छ थाइरोडाइटिस आफैं निको हुने भएकाले आफैं निको हुन दिइन्छ यसका लागि कुनै विशेष उपचारको आवश्यक पर्दैन Graves disease को उपचारमा थाइरोइडको उत्पादनलाई औषधिले थिचेर राख्न सकिन्छ यसबाट रोग पूर्णरूपमा निको हुँदैन पूर्णरूपले निको पार्न अप्रेसन गरी थाइरोइड निकालेर फालिन्छ, कि रेडियसनले उपचारद्वारा यसको विनाश गरिन्छ बिरामी हाइपोथाइरोडिजम्मा जान्छ त्यसको उपचार सरल तथा सुलभ तरिकाले थाइरोइड हार्मोनद्वारा गरिन्छ अप्रेसन गर्दा घाँटीमा दाग बस्न सक्छ तथा स्वर भासिन पनि सक्छ रेडियसनले उपचारमा एक घुट्को औषधि खाएर ग्रन्थिलाई सुकाउन सकिन्छ यो संसारभरि प्रयोग गरिने सरल विधि भए पनि नेपालमा उपलब्ध छैन

 

तपाईं अहिले यहाँ हुनुहुन्छ : गृहपृष्ठ स्वास्थ सम्बन्धि जानकारी थाइरोइड Hyperthyroidism ( हाईपरथाईरोइडिजम् )