"Act or accept."- Unanonymous

मृगौला रोगको लक्ष्यणहरु:

मृगौला पुरानो रोग भएकाले धेरै मानिसलाई थाहा हुदैन किनकी शुरुको अवस्थामा केहि लक्ष्यण देखिदैन कुनै पनि अवस्थाको मृगौला रोगीको लागि शिक्षा नै शक्ति हो मृगौला रोगको लक्ष्यण हामीलाई थाहा भएमा यसको छिटो राम्रो उपचार गर्न मद्दत पुग्दछ यदि तपाइलाई वा तपाईले चिनेको कसैलाई एक वा एक भन्दा बढी यी मृगौला रोगका लक्ष्यणहरु वा तपाई आफ्नो मृगौलाको समस्याबाट चिन्तित हुनुहुन्छ भने तुरुन्तै चिकित्सक सँग भेटेर रगत पिसावको जाँच गराउनुहोस यी मध्ये धेरै लक्ष्यणहरु मृगौला रोगको कारणले नभई अरु रोगको कारणले पनि हुन सक्छ यो थाहा पाउन एउटै मात्र बाटो भनेको डाक्टर को सल्लाह हो  

लक्ष्यण (पिसावमा परिर्वतन )

मृगौलाले पिसाव बनाउने काम गर्छ त्यसैले जब मृगौलाले काम गर्न छोड्छ तब पिसावमा परिर्वतन हुन्छ कसरी ?

  • रातीमा पिसाव फेर्न उठ्न पर्ने
  • फिज जस्तो पिसाव आउने, छिन छिनमा पिसाव लाग्ने अथवा धेरै मात्रामा पहेलो पिसाव हुने
  • पिसाव कम लाग्न सक्छ अथवा थोरै मात्रामा धमिलो पिसाव आउने
  • पिसावमा रगत देखिने
  • पिसाव फेर्न बल लगाउनु पर्ने अथवा पिसाव फेर्न गाह्रो हुने

लक्ष्यण २ (सुनिने )

बिग्रेको मृगौलाले हाम्रो शरिरमा भएको बढी पानी फोहर फाल्न सक्दैन जसले गर्दा हाम्रो खुट्टा, घुडा, पैतला, अनुहार हात सुनिने हुन्छ

लक्ष्यण (थकाई लाग्छ)

      स्वास्थ्य मृगौलाले एक प्रकारको हरर्माेन उत्पादन गर्छ जसलाई इराथ्रोपोइटिन (Erythropoieitn) भनिन्छ यसले हाम्रो शरिरमा अक्सीजन लाने रातो रक्त कोशिका बनाउन मद्दत गर्छ यदि मृगौला बिग्रेमा यसले कम मात्रामा इराथ्रोपोइटिन उत्पादन गर्छ जसले गर्दा मासु मष्तिस्क धेरै छिटो थाक्छ यो अवस्था लाई रक्त अलपता भनिन्छ यसको उपचार गर्न सकिन्छ

लक्ष्यण ४ ( छाला चिलाउने / दाना आउने )

मृगौलाले हाम्रो रगतमा भएको फोहर पदार्थ छानेर पिसावद्धारा फाल्छ तर मृगौला बिग्रेमा रगतमा फोहर पदार्थको मात्रा बढी हुन्छ जसले गर्दा धेरै चिलाउने छालाको रंग परिर्वतन हुन्छ

लक्ष्यण (भोक नलाग्नु वा मुख तितो हुनु )

हाम्रो शरीरमा फोहर कुरा जस्तै युरिया (urea) रगतमा धेरै भएमा खानामा रुची घट्ने साँस गन्हाउने हुन सक्छ यसले गर्दा मासु खान मन नलाग्ने तौल पनि घट्दै जान्छ

लक्ष्यण ६ (वाक वाक र बान्ता )

रगतमा युरिया जस्ता फोहर पदार्थको मात्रा धेरै भएमा वाक वाक लाग्ने वान्ता आउने हुन सक्छ जसले गर्दा खान मन नलाग्ने तौल घट्दै जान्छ

लक्ष्यण ७ (स्याँ स्याँ हुनु )

सास फेर्न अपठ्यारो हुनुको मुख्य वटा कारण छन्:

        शरीरमा बढी भएको पानी फोक्सोमा जम्मा भएमा

        रक्त अल्पता भएमा (शरीरमा अक्सीजनको मात्रा कम भएमा)

लक्ष्यण ( जाडो हुनु )

शरीरमा रगत को मात्रा कम भएमा न्यानो कोठामा पनि बढी जाडो हुन्छ

लक्ष्यण ( टाउको रिंगाउने ध्यान केन्द्रित गर्न नसक्नु )

मृगौला बिग्रेमा रगतको मात्रा कम हुन्छ जसले गर्दा दिमागमा पुग्ने रगत अक्सीजनको मात्रा कम हुन्छ साथै शरीरमा धेरै फोहर भएमा पनि दिमागले राम्ररी काम गर्देन जस्तै: स्मरण शक्ति कम हुनु, ध्यान केन्द्रित नहुनु होस हराउने जस्ता लक्ष्यण देखिन्छन्

लक्ष्यण १० ( खुट्टा / कोखाको पछाडी दुख्नु )

केहि मानिसहरुमा मृगौलाको समस्या भयो भने पछाडी को ढाड दुख्न सक्छ जस्तै: मृगौलामा पप्थरी भएमा वा पिसाव मार्गमा अवरोध भएमा खुट्टा वा ढाडको पछाडी दुख्न सक्छ

      यी मध्य कुनै पनि लक्ष्यण तपाईमा देखिएमा वा तपाई आफ्नो मृगौलाको अवस्था थाहा पाउन इच्छुक हुनुहुन्छ भने चरक हस्पिटलमा जाँच गराई समयमै स्वास्थ्य लाभ लिनु होस्

समय समयमा मृगौला जचाँउ आफ्नो मृगौला बिग्रनबाट आफै बचाउ


तपाईं अहिले यहाँ हुनुहुन्छ : गृहपृष्ठ स्वास्थ सम्बन्धि जानकारी मृगौला रोग सम्बन्धी जानकारी मृगौला रोगको लक्षण