Vision doesn't usually come as a lightening bolt. Rather it comes as a slow crystallization of life challenges that we one day recognize as a beautiful diamond with great value to ourselves and others.- Dr. Michael Norwood

 उच्च रक्तचाप नियन्त्रणका तीन चुनौती



1.रोगको प्रकृति: उच्च रक्तचाप रोगको प्रकृतिका कारणले पनि मानिसहरू जचाउन, रोग पत्ता लगाउन उपचार गराउन हेलचेक्र्याइँ गर्छन् किनभने, यो रोगमा खासै कुनै लक्षण नदेखिन पनि सक्छ तर, लक्षण नदेखिँदैमा यसले कुनै असर गर्दैन भन्नेचाहिँ होइन मानिसहरूलाई स्वस्थ जीवनशैली, रक्तचाप परीक्षण उपचारका लागि अभिप्रेरति गर्नुको विकल्प छैन 



2.जनचेतनाको कमी: यस रोगको चुनौती न्यूनीकरणका लागि बढीभन्दा बढी जनचेतना आवश्यक किनभने, मानिसहरूमा उच्च रक्तचापको औषधी खान नहुने, सधैँ खाइरहनुपर्ने यसको औषधी खाएमा मृगौला खराब हुनेजस्ता गलत धारणा व्याप्त छन् तर, यथार्थ अर्कै , उच्च रक्तचाप दीर्घकालीन रोग हो, जुन पूरै निको हँदैन खानपान, व्यायाम औषधीका माध्यमबाट यसलाई नियन्त्रणमा राख्ने मात्रै हो, जुन जीवनभर नै आवश्यक हुन्छ त्यसैले जीवनभर नै औषधी खानु, स्वस्थ खाना सेवन गर्नु नियमित व्यायाम गर्नु नै रक्तचाप नियन्त्रणका मूलमन्त्र हुन् उच्च रक्तचापको औषधी खाँदा मृगौला खराब हुन्छ भन्ने आमधारणा वास्तविकताको ठ्याक्कै उल्टो वास्तवमा औषधी खाएन उच्च रक्तचाप नियन्त्रण भएन भनेचाहिँ मृगौला खराब हुन्छ त्यस्तोमा डायलाइसिस मात्र होइन, मृगौला नै फेर्नुपर्ने अवस्था आउन सक्छ उच्च रक्तचापका औषधी खासमा त्यसलाई नियन्त्रण गर्ने मिर्गालालाई समेत जोगाउने खालका हुन्छन् त्यसैले औषधी सेवनप्रतिको यो धारणा हटाउनु आवश्यक 



3.राज्यको दायित्व: नेपालमा नसर्ने खालका रोगहरूको नियन्त्रण व्यवस्थापनका लागि सरकारको स्पष्ट नीति तय भइसकेको छैन जसका कारण यस्ता रोगको रोकथाम, नियन्त्रण व्यवस्थापनमा ठूलो चुनौती खडा भएको उच्च रक्तचाप कुनै व्यक्ति वा उसको परिवारको मात्र समस्याका रूपमा सीमित छैन यसले सिंगो राष्ट्रलाई नै असर गर्छ, गररिहेको यसको सम्बन्ध शारीरकि मानसिक असरमा मात्र सीमित नरही सिंगो राष्ट्रको अर्थतन्त्रसँग समेत गाँसिएको 

त्यसैले राज्यबाट जनचेतनामूलक कार्यक्रममा लगानी आवश्यक राज्यले जनताको स्वस्थ जीवनशैली सुनिश्चित गर्न सहयोग कार्यक्रमहरू ल्याउनुपर्छ जस्तोः व्यायामशालाहरूको विकास, हिँड्न दौडिनका लागि खुला ठाउँको विकास, स्वस्थ खाद्यपदार्थहरूको प्रवर्द्धनजस्ता कार्यक्रमहरूले समग्र रूपमा नसर्ने खालका रोगहरूको रोकथाममा मद्दत पुग्नेछ अझ, उच्च रक्तचाप नियन्त्रणका लागि प्रयोग गरनिे औषधी बिरामीले जीवनभर खाइरहनुपर्ने छँदै , भविष्यमा बिरामीको स्वास्थ्यमा पार्न सक्ने नकारात्मक असरहरूबाट जोगाउने हुँदा यस्ता औषधीहरूमा विशेष छुटको व्यवस्था गरी सबै बिरामीको पहुँच सुनिश्चित गरिनु आवश्यक स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने बिरामीहरूलाई यस्ता रोगसम्बन्धी स्वास्थ्य सेवा छरितो रूपमा राज्यले उपलब्ध गराउन सकेमा उच्च रक्तचापको नियन्त्रण सहज सरल हुनेछ