"The art of being wise is the art of knowing what to overlook."- William James

उच्च रक्तचाप परिचय

ra

उच्च रक्तचाप अर्थात् हाई ब्लडप्रेसर मुटुसँग सम्बन्धित रोग हो  यसले हिजोआज निकै चर्चा पाउन थालेको  उच्च रक्तचाप विश्वकै समस्या हो  औद्योगिकीकरण, सहरीकरण एवं सामाजिक, आर्थिक विकाससँगै यो रोग पनि बढ्दै गएको   यो रोग आधुनिक सभ्यताद्वारा सिर्जित मानसिक तनाव एवं जीवनशैलीमा आएको परविर्तनको नतिजा हो 

३०-५० प्रतिशत व्यक्तिहरूमा उच्च रक्तचापको लक्षण नदेखिने भएकाले तथा पछि हृदयाघात, पक्षघात, मृगौला फेलरजस्ता गम्भीर असर गर्ने भएकाले यो रोगलाईमौनघातक’ (सुषुप्त हत्यारा अर्थात् 'साइलेन्ट किलर) का रूपमा लिइन्छ मुटु तथा रक्तनलीका विभिन्न रोगहरूमध्ये उच्च रक्तचाप संसारमा नै सबैभन्दा बढी देखिएको समस्या हो उच्च रक्तचाप मुटु, रक्तनली, हृदयाघात तथा मृगौला फेलरको प्रमुख कारक हो त्यस्तै यो रोग कम उमेरमा हुने मृत्यु अचानक हुने मृत्युको प्रमुख कारक तत्त्व हो

 

विश्वमा एक अर्ब अर्थात् २५ प्रतिशत जनसंख्या उच्च रक्तचापले ग्रस्त भने उच्च रक्तचापका कारण वाषिर्क ७२ लाखको मृत्यु भइरहेको सन् २०१५ मा अर्ब ५० करोडभन्दा बढी जनसंख्यामा यसको प्रकोप हुने वाषिर्क दुई करोडको मृत्यु हुने अनुमान गरएिको

विश्व स्वास्थ्य संघका अनुसार, सन् २०२५ सम्म प्रत्येक पाँचमा एक जनालाई उच्च रक्तचाप हुनेछ विकसित देशमा ३० प्रतिशतलाई यो रोग लागेको थाहा छैन, १५ प्रतिशतले थाहा भए पनि उपचार गरेका छैनन्, २५ प्रतिशतले उपचार गरे पनि रक्तचाप नियन्त्रणमा छैन ३० प्रतिशतले मात्र यसको सही उपचार लिइरहेका छन्

हाल अमेरकिामा २० वर्षभन्दा बढी उमेरका ७ करोड ३० लाख व्यक्तिलाई उच्च रक्तचाप अर्थात् प्रत्येक तीन जनामा एक जनालाई रक्तचापको समस्या त्यस्तै, थप पाँच करोड व्यक्ति रक्तचाप उन्मुख छन् युरोपमा उच्च रक्तचापका कारण वाषिर्क ४३ लाख व्यक्तिहरूको मृत्यु हुन्छ भने जर्मनी स्पेनमा प्रत्येक दुई वयस्कमा एक जनालाई उच्च रक्तचाप

बेलायतमा उच्च रक्तचापका कारण प्रतिवर्ष लाख २७ हजार व्यक्तिलाई हृदयाघात हुन्छ, जसमध्ये ३० प्रतिशतको मृत्यु हुन्छ अस्ट्रेलियामा २५ वर्षभन्दा बढी उमेरका ३६ लाखभन्दा बढी व्यक्तिलाई उच्च रक्तचाप त्यस्तै चीनमा प्रत्येक चार जनामा एक जनालाई अर्थात् २० करोडलाई उच्च रक्तचापको समस्या

हाम्रोजस्तो कम विकसित देशमा यसको निदान एवं उपचारको तथ्यांक विकराल नेपालमा सन् १९८१ मा काठमाडौंमा गरिएको एक अध्ययनमा उच्च रक्तचाप प्रतिशतमा देखिएको थियो (पाण्डे, सन् १९८१) हालका वर्षहरूमा गरिएका उच्च रक्तचापसम्बन्धी अध्ययनहरूअनुसार हाम्रो देशमा १८ वर्षभ्न्दा माथिका वयस्कहरूमा २० प्रतिशतभन्दा बढीलाई उच्च रक्तचापको समस्या देखिएको सन् २००६ मा भएको एक अध्ययनअनुसार १९. प्रतिशतमा उच्च रक्तचाप भेटिएको थियो, तर तीमध्ये ४१ प्रतिशतलाई मात्र आफू रक्तचापको रोगी भएको कुरा थाहा भएको, ती थाहा भएकाहरूमध्ये पनि २६ प्रतिशतले मात्र उपचार गराइराखेका केवल प्रतिशतको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको पाइयो (शर्मा, सन् २००६)यस्तैगरी भर्खरै एक कार्यालयमा गरिएको अध्ययनअनुसार ३४ प्रतिशतमा उच्च् रक्तचाप भेटियो (शाक्य, सन् २०१०) नेपालमा ३३. प्रतिशत वयस्कलाई उच्च रक्तचापको समस्या यी माथिका अध्ययनहरूबाट निम्न कुराहरू पुष्टि हुन्छ पहिलो, नेपालमा उच्च रक्तचाप बढ्दै गइरहेको दोस्रो, आधाभन्दा बढी मानिसलाई आफू उच्च रक्तचापको बिरामी हु भन्ने कुराको ज्ञान छैन तेस्रो, थाहा भईकन पनि धेरै व्यक्तिमा उपचारको महत्त्वको बारेमा ज्ञान नभएको उपचार गर्नमा हेलचेक्र्याइँ भएको देखिन्छ यसबाट समग्रमा हामी भन्न सक्दछौँ कि नेपालको उत्पादनमूलक जनसङ्ख्या यस रोगको चपेटामा परेका छन् समयमा नै आवश्यक पहल नगर्ने हो भने निकट भविष्यमा नै यसले ठूलो स्वास्थ्य सङ्कट निम्त्याउनेछ

उपचारमा हेलचेक्र्याइँ गर्ने प्रवृत्ति उच्च रक्तचाप नियन्त्रणको मुख्य जटिल चुनौती हो यस्तै अज्ञानता हेलचेक्र्याइँ हटाउन तथा उच्च रक्तचापसम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष १७ मे का दिन विश्व उच्च रक्तचाप दिवस मनाइन्छ विश्व उच्च रक्तचाप लिगको अगुवाइमा मनाइँदै आएको यस दिवसमा यस वर्षको नारा 'स्वस्थ जीवनशैली, स्वस्था रक्तचाप' भन्ने यो दिवसको मुख्य उद्देश्य रोगबारे जनचेतना अभिवृद्धि गराई उच्च रक्तचाप रोकथाम, परीक्षण उपचारका लागि अभिप्रेरति गर्नु तथा त्यसका कारण हुनसक्ने मस्तिष्काघात, पक्षाघात, हृदयाघात मृगौलाको खराबीजस्ता रोगहरूको रोकथाम गर्नु हो



तपाईं अहिले यहाँ हुनुहुन्छ : गृहपृष्ठ स्वास्थ सम्बन्धि जानकारी उच्च रक्तचाप सम्बन्धी जानकारी उच्च रक्तचाप परिचय र प्रकार