Many great ideas go unexecuted, and many great executioners are without ideas. One without the other is worthless.- Tim Blixseth

 

नेपाली भोजन

 

खाना नखाई कुनै पनि प्राणि जिवित रहन सक्दैन खाना सबैको आधार भुत आवश्यकता हो स्वास्थ्यकर एवम् पोसिलो खानाले बालक देखि वुद्धसम्म सबैको स्वास्थ्य स्थितीमा प्रभाव पार्छ त्यसैले भनिन्छआहार जिवनको आधार हो यसरी दैनिक रुपमा खाने गरिेको खानाहरु विभिन्न वस्तुबाट तयार गरिन्छ खाना विभिन्न समयमा विभिन्न तरिकाबाट खाने गरिन्छ जस्तै विहानको नास्ता, विहान खाना , दिउसो खाजा, बेलुकाको खाना आदि यति मात्र नभई बिशेष चाडपर्व, उत्सब समारोह आदिमा अझै थप परिकार समावेश गरि खानालाई मनमोहक तुल्याइन्छ यस्तो विभिन्न किसिमको खानाहरुलाई नै भोजन भनिन्छ  

 

नेपाली भोजन सन्तुलित आहार

 

. खाद्यान्न अथवा अन्न बाली बाट प्राप्त हुने खाद्यपदार्थहरु जस्तै धान, मकै, गहु बढि कोदो फापर, जौ आदि कम मात्र प्रयोग गर्ने गर्दछौ

 

. दाल, गेडागुडी जस्ता वनस्पती जन्य खाद्यवस्तु दुध, अण्डा , माछा, मासु जस्ता प्राणी जन्य खाद्य वस्तुहरु साथै भिटामिन खनिज तत्वको समेत राम्रो भएकोले दैनिक भोजनमा कम्तिमा कुनै एकको प्रयोग गर्नु अत्यन्त आवश्यक

 

. शाकाहारिहरुलाई प्राणीजन्य खाद्यवस्तुका सट्टा दुध, दहि, पनिर, दुधबाट बनेका खाद्यान्नहरु, गेडागुडी आदिको प्रयोग गर्न सकिन्छ

 

. प्रायजसो सागसब्जी भुटेको खाने गर्दछौ, त्यसैले कम तेल प्रयोग गरी, कम मसलाको प्रयोग गर्ने गर्नुपर्दछ

 

. प्रशस्त पानी पिउने

 

.गुलियो खानेकुराहरुमा खिर, हलुवा, लालमोहन, रसवरी, लड्रडु आदि प्रयोग गर्न सकिन्छ

 

.मसलामा मेथी, धनिया, जीरा, अदुवा, लसुन, मरिच, बेसार अन्य मसलाहरु हामीले खाना, तरकारी वा ग्रेभीमा प्रयोग गछौ

 

मधुमेहका रोगीको लागि खानामा ध्यान दिनुपर्ने कुराहरु

 

. दैनिक रुपमा स्वस्थ्यवर्धक सन्तुलित भोजनको सेवन गर्नुपर्दछ तसर्थ प्रत्येक दिन भात वा रोटी वा ढिंडा, फलफुल, सागसब्जी, अण्डा, माछामासु, दुध, दहि, दाल, गेडागुडी, चिल्लो पदार्थ आवश्यक मात्रामा खानु पर्दछ

 

. भातको साथसाथै विभिन्न प्रकारका अन्नहरु जस्तै, ओटस, क्राकर, कोदो , फापर, जौ आदि प्रयोग गर्न सकिन्छ

 

.उचित मात्रामा नियमित समयमा खाना खानु पर्दछ

 

. खानामा प्रशस्त मात्रामा विभिन्न प्रकारका साग सब्जीहरु तथा रेशादार खानेकुराहरु समावेश गर्नु पर्दछ बोक्रा सहित दाल वा टुसा उमारेको गेडागुडी, खस्रो पिठो तथा फलफुलको जुस भन्दा ताजा फलफुल खानु फाईदा जनक हुन्छ खस्रोपन बढि भएकोले रगतमा ग्लुकोजको मात्रा छिटो बढ्रन दिदैन

 

५. दुध प्रयोग गर्दा त्यसमा भएको तर निकाली वा घ्यु हटाई प्रयोग गरी त्यसमा भएको चिल्लो कम गर्न सकिन्छ

 

. मासु प्रोटिनको राम्रो स्रोत भएता पनि कोलेस्टेरोल ट्राईग्सिराईड पनि प्रशस्त हुने भएकोले सके सम्म कम मात्र प्रयोग गर्ने, मासु प्रयोग गर्दा सकेसम्म सेतो मासु जस्तै कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु प्रयोग गर्न सकिन्छ

 

. सकेसम्म तेलमा तारेका खानेकुरा कम मात्रामा प्रयोग गरि तेल तथा चिल्लो पदार्थको प्रयोग कम गर्नुपर्दछ खाना पकाउदा नान स्टिक प्यान प्रयोग गर्ने , सुख्खा भुट्न ,बेकिङ्ग गर्ने उमाल्ने आदि गर्दा चिल्ला (saturated fat and cholesterol) कम हुन्छ

 

. विशेष गरि गाडेका अचार ( पुरानो अचार ) मा नुन बढि हुन्छ त्यसैगरी नुन बेकिङ्ग पाउडर , सोडा आदिमा सोडियम बढि हुने भएकोले रक्तचापका बिरामीहरुले यि चिजहरु कम मात्रामा प्रयोग गर्नु राम्रो हुन्छ

 

. दैनिक प्रशस्त मात्रामा पानी पिउन अर्थात दैनिक देखि १० गिलास पानी पिउने

 

१०. मादक पदार्थको सेवन गर्नु हुदैन , गर्नुपरेमा सम्बन्धित चिकित्सकको सल्लाह लिएर मात्रै गर्ने तर खाली पेटमा तथा मधुमेहका औषधी उपचारमा हुनुहुन्छ भने मादक पदार्थ कहिले पनि सेवन नगर्ने

 

मधुमेहका बिरामीको लागि परिवर्तित भोजन वा मेनु स्वस्थ सन्तुलित आहारका केहि उदाहरण

nepali diet 1 1