Knowing is not enough; we must apply. Willing is not enough; we must do.-Johann Wolfgang von Goethe

रोकथाम उपचार

मधुमेह एकचोटी भइसकेपछि निको हुदैन मधुमेहको उचित नियन्त्रणका लागि यस सम्बन्धि शिक्षा पहिलो अपरिहार्य उपाय हो शिक्षाले आफ्नो समस्याहरुलाई नियन्त्रणमा राख्न आफ्नो परिवारलाई मधुमेहबाट बचाउन प्रोत्साहित गर्छ खानाको सहि ज्ञान तथा नियमित शारीरिक ब्यायाम अर्को महत्वपूर्ण उपाय हो यी उपायहरु अपयाप्त भएमा खाने औषधी तथा इन्सुलिन सुईको समेत समयमा प्रयोग गर्नुपर्छ शिक्षा, व्यायाम तथा उचित खानाको विकल्प औषधी होइन यि सबै एकसाथ गर्नुपर्छ

मधुमेह का उपचार

मधुमेहलाई खानपानमा ध्यान पुर्याउन सके, रहनसहन, नियमित व्यायाम गर्ने, चुरोट, रक्सी नखाने, धेरै चिल्लो, रेस्टुरेन्टको खाना तथा तारेको खाना नखाए, उमेर अनुसार तौल नियन्त्रण, योग, औषधी इन्सुलिन सुईको मद्दतले नियन्त्रणमा राख्न सकिन्छ मधुमेह भएकाको शरीरमा पहिल्यै चिनी हुने हुँदा थप गुलियो खाँदा समस्या बढ्छ त्यसैले चिकित्सकको सल्लाहमा नियन्त्रित मात्रामा मात्र गुलियो खानुपर्छ त्यसैले मधुमेहका रोगीहरुलाई आवश्यकता अनुसार निम्न लिखित उपाय बाट उपचार गरिन्छ:

आहार तथा व्यायाम

औषधि उपचार तथा परामर्श

इन्सुलिने को प्रयोग 

आहार चिकित्सा

सामान्यतया, भोजनमा ४० देखि ५० प्रतिशत कार्बोहाइड्रेट, १५ देखि २० प्रतिशत प्रोटिन, ३५ देखि ४० प्रतिशत बोसो भएमा उचित हुन्छ भात, आलुजस्ता खाद्यपदार्थहरू प्रयोग गर्न नहुने भए पनि डायबेटिज रोगको अवस्था हेरी ठीक ठीक मात्रमा प्रयोग गर्न सकिन्छ एक अध्ययन अनुसार वयस्कमा हुने टाइप मधुमेहलाई नियमित व्यायामबाट मात्रै ९० प्रतिशत कम गर्न सकिन्छ त्यस्तै धूमपान, मद्यपान, कार्बोहाड्रेट बढी हुने चिनी, ग्लुकोज, मिठाइ, मह, जाम, चकलेट, आइसक्रिम जस्ता पदार्थहरूको सेवनमा नियन्त्रण गर्नु पर्छ त्यस्तै तारेको खानेकुरा, खसीको मासु, दूधका परिकार, आलु, सखरखण्डको सेवनमा विचार पुर्याउनु पर्छ खानामा रेशायुक्त खाना, हरियो सागपात समावेश गर्नुपर्छ खानाको किसिम भन्दा पनि खानेकुरा बाट प्राप्त हुने शक्ति (क्यालोरी) मा ज्यादा ध्यान दिनु आवश्यक

मधुमेहका रोगीले कुन खाना कति कहिले खादा रगतमा चिनीको मात्रा नियन्त्रण राख्न सकिन्छ भन्ने बारेमा आफ्नो शरीरको गुण आवश्यकता तथा खाध्य बिशेषज्ञ डाक्टर (Dietician) को सल्लाह बमोजिम खानाको तालिका बनाई सोहि अनुरुप आहार सेवन गर्दा उचित हुनेछ

यी खाना नखाऊँ

मधुमेह लागेकाहरूले चिनी, मिठाई, आइसक्रिम, केक खानुहुँदैन त्यस्तै कोक, फ्यान्टा, जुसजस्ता गुलिया पेय पदार्थ खान हुँदैन तेल घ्यूमा तारेको पुरी, पुलाउ, समोसा, आलुचप आदि पनि खान हुँदैन

थोरै मात्रामा खाँदा हुने पदार्थहरू

चामल, गहुँ, मकै, चिउरा जस्ता अन्नहरू थोरै मात्रामा खान हुने पदार्थहरू हुन् त्यस्तै चिनी नभएको पाउरोटी, बिस्कुट, चाउचाउ, तेल, घ्यू, आलु, पिँडालु, मधुमेह रोगीका लागि भनी बनाइएका डाइट खाद्यपदार्थहरू पनि थोरै मात्रामा खाए हुन्छ यसैगरी चना, रहर, केराउ, भटमास, मुगी, मासजस्ता गेडागुडीहरू, दूध यसबाट बनेका पदार्थहरू, मेवा, मौसम, स्याउजस्ता फलफूलहरू, मासु, माछा, अण्डा आदि साधारण मात्रामा खान हुन्छ

धेरै खानुपर्ने पदार्थहरू

हरियो तरकारी सागसब्जी तथा काँक्रो, गोलभेंडा, गाँजर, मूला आदिको सलाद अन्य खानाको तुलनामा धेरै खानुपर्छ

आहार नमूना

खाद्य सामग्री

शाकाहारी भोजन (ग्राम मा)

मांसाहारी भोजन (ग्राम मा)

अनाज

200

250

दाल

60

20

हरियो पत्तेदार सब्जीहरु

200

200

फल

200

200

दूध (डेरी को)

400    

200

तेल

20

20

माछा/कुखुराको छाला नभएको मासु

-

100

अन्य सब्जीहरु

200

200 

यो आहारले तपाईंलाई निम्न चीजहरू उपलब्ध गराउन्छ

क्यालोरी

1600

प्रोटिन

६५ ग्राम

बोसो

४० ग्राम

कार्बोहाइड्रेट

२४५ ग्राम 

व्यायाम

मधुमेह का रोगीहरुले नियमित हल्का ब्यायाम (जस्तो हिडडुल गर्नु, साईकल चलाउनु ,पौडी खेल्नु ,एरोबिक ब्यायाम) गर्नु राम्रो हुन्छ    व्यायाम बाट रगतमा सुगरको स्तर कम हुन्छ तथा ग्लूकोजको उपयोग गर्नको लागि शारीरिक क्षमता पैदा हुन्छ प्रतिघण्टा किमीको गतिबाट हल्का दौडेमा ३० मिनेटमा १३५ क्यालोरि खपत हुन्छ जबकि साइकिल चलाएमा लगभग २०० क्यालोरि खपत हुन्छ कडा ब्यायाम गर्नाले रगतमा चिनीको मात्रा तुरन्त घट्न सक्ने हुदा आफुले खाने गरेको खाना,सेवन गरिरहेको औषधिका प्रकार , मात्रा तथा आफ्नो शाररिक अवस्था हेरेर मात्रा ब्यायाम गर्नु पर्छ