If you want to test your memory, try to recall what you were worrying about one year ago today.- E. Joseph Cossman

मधुमेहका लक्षण

शुरुको अवस्थामा धेरै मानिसहरूमा लक्षण नदेखिन सक्छन् देखिइहाले पनि यति सामान्य हुन्छन् कि थाहा नहुन सक्छ तर पनि सामान्यतया निम्न अवस्थामा मधुमेहको शङ्का गर्न सकिन्छ त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ

  • तिर्खा बढी लाग्नु
  • धेरै भोक लाग्नु
  • थकाइ लाग्नु
  • बढी पिसाब लाग्नु, राति पटक(पटक पिसाब लाग्नु , पिसाबमा कमिला लाग्नु,
  • तौल घट्नु
  • घाउ खटिरा सजिलै निको नहुनु
  • शरीर को विभिन्न अंग जस्तैः छाला,पिसाब नली, योनी भित्र संक्रमण हुने तथा दात गिजा पाकी रहने
  • हातगोडा पोल्ने, झमझम गर्ने निदाउने, दुखाई चाल नपाउने
  • छाला सुक्खा हुनु, जिउ चिलाउने
  • आँखाको ज्योतिमा कमी आउनु , कहिलेकाहीँ एक्कासी केहीबेरका लागि आँखा नदेख्नु
  • यौनक्षमता घट्नु

रगतमा ग्लुकोजको मात्रा एकदमै अनियन्त्रित उच्च (hyperglycemia) हुँदा कहिलेकाही निम्न लक्षणहरू पनि देखा पर्न सक्दछन्, जुन अवस्थामा तुरुन्त आकस्मिक उपचारको जरुरत पर्दछः

Hyperglycemia (शरिरमा ग्लुकोजको मात्रा धेरै हुनु)

मुख्य लक्षणहरु

  • धेरै पिसाब लाग्नु, धेरै तिर्खा लाग्नु
  • पेट दुख्नु , कमजोर हुनु , सबै शरिर चिलाउनु
  • वाकवाकी लाग्नु , वान्ता हुनु , भोक नलाग्नु
  • रगतमा चिनि देखा पर्नु
  • पिसाबमा किटोन देखिनु
  • श्वास फेर्न गाह्रो हुनु
  • नाडी छिटो चल्नु
  • बेसुरमा कुरा गर्नु र बच्चा कहिलेकाहीँ बेहोसै पनि हुन सक्छन्
  • शरीरमा रगत कम हुनु, मुख फुल्नु, आँखावरिपरि फुल्नु,
  • रक्तनलीहरू साँघुरिनु, हातखुट्टाका औंला बाउँडिनु, पिँडौला धेरै दुख्नु

Hypoglycemia ( शरिरमा ग्लुकोजको मात्रा कम हुनु)

मुख्य लक्षणहरु

  • कमजोरी महसुस हुनु
  • मुटुको ढुकढुकी बढनु
  • बढि पसिना आउनु
  • भोकाएर पेट दुख्नु
  • हातखुट्टा काम्नु
  • रिङटा लाग्नु
  • टाउको दुख्नु
  • धमिलो देख्नु
  • बेहोस हुनु
  • धेरै निन्द्रा लाग्नु
  • चिटचिटाहट हुनु

अन्त्यमा शरिर चिसो भएर धेरै बेर hypoglycemia भयो भने सदाका लागि प्यारालाईसीस हुनसक्छ वा कोमामा गई मृत्यु समेत हुनसक्छ। मधुमेहले शरीरका विभिन्न भागमा असर गर्छ यो रोग लागेपछि अन्धोपना, मृगौलामा असर, मुटु रोग, पक्षघात, अल्सर, मानसिक रोग, बिसिर्ने रोग, यौनमा कमजोरी, नसारोग, पाचन प्रणाली कमजोर हुने जस्ता रोग पनि थपिन्छन्

तपाईं अहिले यहाँ हुनुहुन्छ : गृहपृष्ठ स्वास्थ सम्बन्धि जानकारी मधुमेह सम्बन्धी जानकारी मधुमेहका लक्षण र असर