I can't understand why people are frightened by new ideas. I'm frightened by old ones.- John Cage

परिचयः

नेपालमा नसर्ने तर घातक रोगहरू (असंक्रामक) संक्रमक रोगहरूको छायाँमा परेका छन् धेरैजसो सङ्क्रामक रोगहरू औषधोपचारबाट निको पार्न सकिन्छ, तर कतिपय असंक्रामक रोगहरू जीवनभर रहिरहन्छन् समयमै नियन्त्रण गरिएन भने मृत्युको कारक समेत बन्दछन्, तैपनि यिनले हाम्रो स्वास्थ्य प्रणालीमा त्यति महत्त्व पाइसकेका छैनन् नेपालका अस्पतालहरूमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मस्तिष्कघात, दम, क्यान्सर, कम्मर दुख्ने, जोर्नी दुख्ने जस्ता नसर्ने (ननकम्युनिकेबल) रोगका विरामीहरू धेरै बढी आउन थालेका छन् विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले पनि अफ्रीका बाहेक सबै महादेशमा सङ्क्रामक भन्दा असङ्क्रामक रोगहरूबाट हुने मृत्युको सङ्ख्या नै बढी देखाएको

स्वास्थ्य मन्त्रालयले तीन वर्षअघी देशका ठूला अस्पतालहरूमा गरेको एउटा अध्ययनले नेपालमा ४२ प्रतिशत मृत्यु नर्सर्ने जन्मजात रोगहरूबाट हुने गरेको निष्कर्ष निकालेको थियो स्वास्थ्य मन्त्रालयले डेढ वर्षेअघि असंक्रामक रोग रोकथाम तथा नियन्त्रण समितिु गठन गरेर यससम्बन्धी नीति बनाउने अभ्यास शुरु गरेको तर काम धेरै सुस्त गतिमा भइरहेको समितिले असंक्रामक रोगहरूको स्थिति पत्ता लगाउन काठमाडौँमा सम्पन्न र्ससर्वेक्षणले उच्च रक्तचाप बढी देखाएको यो सर्वेक्षणमा स्रोतको कमीले गर्दा रगत परीक्षण गरिएको छैन त्यसैले त्यसबाट उच्च रक्तचाप, हृदयाघात, मिर्गौला, आँखा, नसासम्बन्धी रोगहरूको एउटा प्रमुख कारक मधुमेहको स्थिति थाहा हुनेछैन

मधुमेह, मुटु दक्षिण एशिया

संसारका विभिन्न मुलुकका बासिन्दालाई भन्दा दक्षिण एशियाली मूलका मानिसहरूलाई मधुमेह रक्तचाप जस्ता जीवनशैलीजन्य रोगहरू किन बढी लाग्छन् ( यो प्रश्नको सन्तोषजनक उत्तर अहिलेसम्म फेला पार्न सकिएको छैन चिकित्साशास्त्रका एकथरि शोधकर्ताहरूका अनुसार, दक्षिण एशियालीहरू आनुवंशिक रूपमै जीवनशैलीजन्य रोगहरूप्रति अरू भन्दा बढी संवेदनशील हुन्छन् तर फेरि उही प्रश्नः त्यसो किन हुन्छ? चिकित्सा नृवंशशास्त्रीहरूले यस ज्वलन्त प्रश्नको दुई थरि सम्भाव्य व्याख्या अघिसारेका छन्

दक्षिण एशिया सदियौँदेखि अनावृष्टि वा अतिवृष्टिद्वारा उत्पन्न अनिकालको चपेटामा पर्दै आएको अर्थशास्त्री अमर्त्य सेन जस्ता एकथरि अध्येताहरूका अनुसार अनिकालको असंवेदनशील व्यवस्थापनका कारण भोकमरीका प्रभावहरू विगत दुई सय वर्षा यस क्षेत्रमा अलि बढी नै देखिए अनिकालको दिर्घकालीन असरको रूपमा दक्षिण एशियालीहरूमा भोक भोज (फास्टिङ फिस्टिङ) चरित्र विकसित भयो अर्थात् खान नपाएको बेलामा भोकभोकै बस्ने सम्पन्नता वा प्रशस्त खाना प्राप्त हुनासाथ थरिथरिका पकवान जथाभावी खाने प्रवृत्ति पुस्तौँसम्म दोहोरिएपछि मधुमेहको खतरा अरूभन्दा बढी हुने नै भयो कालान्तरमा यो खतरनाक प्रवृत्ति आनुवंशिक बन्न पुग्यो

रक्तचापलाई दक्षिण एशियाको भूवातावरणसँग जोड्ने तर्क पनि कम चाखलाग्दो छैन दक्षिण एशियालीहरू स्वभावतः तनावमा रहने प्रवृत्तिलाई यस क्षेत्रको उच्च जनघनत्व संसारको चार प्रतिशत यस भूभागमा विश्वका एक चौथाई मानिसहरू बसोबास गर्दछन्, विस्तारित परिवारद्वारा उत्पन्न सम्बन्धजन्य जटिलताहरू, विभेदकारी सामाजिक संरचना तथा प्राकृतिक प्रकोपहरूको अनियमित निश्चिततासँग गाँसेर हेर्ने गरिन्छ आधुनिकता तथा परम्पराबीच चलिरहेको सङ्घर्षले समाजमा व्याप्त तनावलाई अझ बढी सङकटपुर्ण तुल्याएको

मानव शरीरको रगतमा आवश्यकताभन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुँदा देखापर्ने रोगलाई मधुमेह भनिन्छ यसलाई चिनीरोग पनि भन्ने गरिन्छ यो रोगबारे धेरैले सुनेका छन् तर थोरैले मात्र बुझेका छन् मुख्यतः खानपान रहन सहनमा हुने असावधानीका कारण यो रोग लाग्छ भारतलाई मधुमेहको राजधानी नै भनिन्छ नेपालमा गाउँमा भन्दा शहरमा यसका रोगी बढी छन् वातावरण रहन(सहनले गर्दा शहरमा रोगी बढेको हो गाउँमा कामकाज हिँडडुलका कारण शारीरिक व्यायाम हुने खानपानमा जानेररनजानेर सन्तुलन हुने भएकाले रोगी कम छन् मधुमेह जुनसुकै उमेरमा पनि लाग्ने भएकाले वाल्यकालदेखि नै यो रोगबारे सचेत हुनुपर्छ

तपाईं अहिले यहाँ हुनुहुन्छ : गृहपृष्ठ स्वास्थ सम्बन्धि जानकारी मधुमेह सम्बन्धी जानकारी मधुमेहको प्रकोप